Unko Priti Pahile Ho Ki


उनको प्रिती पहिले हो कि, मेरो प्रिती पहिले।…२
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले।
उनको प्रिती पहिले हो कि, मेरो प्रिती पहिले।
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले।…२

यति राम्रो मुहार हजुर, पहिले कहाँ थियो।…२
बल्ल देखें बलेपछि, नजरको दियो…२।
उनको नजर पहिले होकी, मेरो नजर पहिले।
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले।…२

एउटै पर्दा उघारे झैँ, दुई तिर हाँसी।…२
पूर्वको जुन झर्यो, पश्चिमबाट बेसी…२।
उनको मुस्कान पहिले हो कि, मेरो मुस्कान पहिले।
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले।…२

उनको प्रिती पहिले हो कि, मेरो प्रिती पहिले।
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले।…७

Post a Comment

0 Comments