Deu Na Malai Baas


मुटुभित्रै देऊ न, मलाई बास।…३

ढुङ्गैमा खोपेनि, माटैमा रोपेनि।
शालिकै राखेनि, किताबै लेखेनि।
मनमा भन्दा अजम्बरी, कहाँ हुन्छ र, लै लै।
मुटुभित्रै देऊ न, मलाई बास।…३

[कोही भन्छन सागरभन्दा, गहिरो छ रे माया।
कोही भन्छन, आकाश भन्दा, अग्लो छ रे माया।]...२
मनमा भन्दा गहिरो सागर, कहाँ हुन्छ र, लै लै।
मुटुभित्रै देऊ न, मलाई बास।…३

[कोही भन्छन बाटो भन्दा, लामो छ रे माया।
कोही भन्छन, धर्ती भन्दा, ठुलो छ रे माया।]...२
मनमा भन्दा लामो बाटो, कहाँ हुन्छ र, लै लै।
मुटुभित्रै देऊ न, मलाई बास।…५  

Post a Comment

0 Comments