Timro Mayale Badhera

 

[तिम्रो मायाले बाँधेर राख।
मेरो सिरानी होस तिम्रो काख।]…२ 
जान न देउ मलाई, तिमी टाढा।
माया यो होस अझै, अझै गाढा।

तिम्रो मायाले बाँधेर राख।
मेरो सिरानी होस तिम्रो काख।

मन मेरो तिमी बाट, टाढा नजाओस।...२ 
आँधी हुरि सम्बन्धमा, कहिल्यै नआओस।...२
तिम्रो मुटुमै थुनेर राख।
मेरो सिरानी होस तिम्रो काख।

मिलनका गीतहरु, रमाउँदै गाउँ।...२
हासीखुसी माया बांडी, जिन्दगी बिताऊँ।...२
तिम्रो मनैमा, सांचेर राख।
मेरो सिरानी होस तिम्रो काख।

तिम्रो मायाले बाँधेर राख।
मेरो सिरानी होस तिम्रो काख।
तिम्रो मायाले बाँधेर राख।  

Post a Comment

0 Comments